चितवन समाज अस्ट्रेलियाको आयोजनामा यही जुन २३ तारिख आइतबारका दिन सिड्नीमा एक्सपर्ट च्यारीटी म्युजिकल साँंझको आयोजना हुने भएको छ । चितवनको आदर्श गृह नेपालको सहयोगका लागि आयोजना गर्न लागिएको यस परोपकारी कार्यक्रममा नेपालवाट गायकद्धय युवराज चौलागाई र सागर आले तथा सामाजिक क्षेत्रमा फरक पहिचान बनाइसकेकी समाजसेवी मीना खरेल अस्ट्रेलिया आइपुगिसकेको समाजका अध्यक्ष छबी सापकोटाले बताए ।
सिडनीको रकडेलस्थीत इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भैसकेको र यस कार्यक्रमवाट बचेको रकम चितवनमा रहेको आर्दश गृहलाई सहयोग गरिने अध्यक्ष सापकोटाले सुनाए । यो बिशुद्ध च्यारीटी कार्यक्रम हो, चितवनमा रहेर अनाथ बालबालिका र शिंसा पीडित महिलाहरुको अधिकारको लडाइमा लागेको यस संस्थालाई सहयोग गर्न पाउनु हाम्रो पनि सौभाग्य हो ,हामी उठेको रकममा केहि थपेर यस परोपकारी कार्यमा सहभािगता जनाउने छौ, अध्यक्ष सापकोटाले बताए ।
सामाजिक अभियन्ता मिना खरेलले सन्चालनमा ल्याएको यस आर्दश गृहले २०६६ सालदेखि अनाथ बालबालिका तथा हिंसा पीडित महिलाहरुको पुर्नस्थापनामा काम गर्दै आएको छ । हाल करिब ३० जना महिला तथा बालबालिका यस आर्दश गृहमा रहेका छन । २०४९ सालदेखि सामाजिक कार्यमा सक्रिय यस संस्थाले चितवनमा रहेर यस भेगको समाजिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दैआएको छ । चितवन समाजको यस कार्यक्रममा चितवनकै दुइ प्रतिभाशाली गायकहरु युवराज चौलागाई र सागर आलेले पनि आआफ्नो स्वर पस्कने छन ।
प्रवासमा बसेपनि जन्मेको ठाँंउ र हुर्केको गाउँंलाई माया नगर्ने को हुन्छ र । स्थानियस्तरमा खुलेका यस्ता प्रवासी संस्थाहरुले पनि आआफ्नो गाँंउ र ठाँंउमा सहयोग र बिकासमा इट्टा भने थपेकै छन, संस्थाका पुर्व अध्यक्ष बुद्धी डल्लाकोटीले सुनाए । कार्यक्रमको प्रमुख प्रयोजक एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेज रहेको छ । मुलुकको बिकास अनि त्यसमाथि यस्तो परोपकारी कार्यमा एक्सपर्ट जोडिन पाउनु गौरवको बिषय भएको एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजका कार्यकारी मन्जित घिमिरेले बताए ।
इन्द्रेणीमा “एक्सपर्ट परोपकारी साझ”
0
Shares