एनआरएन अस्ट्रेलियामा एकाउन्टेन्ट र इन्जिनियरहरुको घुइँचो

गैर आवासिय नेपाली संघ(एनआरएन)को संजाल संसारभर फैलीरहँंदा पनि ब्यवशायीक ब्यक्तीत्वहरुको प्रवेश न्युन भयो भन्ने गुनासो सधै आइरहन्थ्यो । अहिले एनआरएनले संसारका ८१ देशमा आफ्नो साख बिस्तार गरिसकेको छ । बिकास र बिस्तारसँंगै यस संस्थाले आफ्नो पहिचान र परिवेशलाई फराकिलो पार्ने काम गरेको छ ।
मुलुक बाहिर बिश्वासिलो साझेदार संस्थाको पहिचान बनाएको एनआरएनको लोकप्रीयता यतिखेर भने निकै बढेको र संस्थागत रुपमा फराकिलो पनि बन्दै गरेको अवस्था रहेको छ । आफ्नै घर, लाप्राक योजनाको अन्तिम रुप र अनेकन सहयोगी कर्मसँंगै बिस्तारै यस संस्थाको परिभाषाले ब्यापकता पाएको छ । यो बिषय यतिखेर एनआरएन अस्ट्रेलियाको आउदै गरेको निर्वाचनमा गएर जोड्ने हो भने सुनमा सुगन्ध हुन जान्छ । यतिखेर करिब दुइ सय पदका लागि एनआरएन अस्ट्रेलियामा चार सय भन्दा बढि उमेदबार मैदानमा उत्रेका छन । संस्थाको महत्व बुझेर यसको नेतृत्व गर्न चाहनेहरुको यो भिडले पनि यसको बढ्दो लोकप्रीयतालाई सहजै मुल्यांकन गर्न सकिन्छ ।
एकपल्टको नेपाली संधैको नेपाली भन्ने मूलमन्त्र सहित विश्वभर छरिएर रहेका गैर आवसिय नेपालीहरु लाई एउटै छातामा सङठित गर्न सफल भैसकेको छ । यसै सन्र्दभमा एनआरएन अस्ट्रेलियाको निर्वाचनमा यतिखेर डाक्टर, इन्जिनियर, प्रोफेसर ,एकाउन्टेट, चार्टड एकाउन्टेन्ट र व्यबशायमा फट्को मारेका समाजसेवीहरुको नेतृत्वको लागि होडबाजीनै लागेको छ । एनआरएन अस्ट्रेलीयाको निर्वाचन यही जुलाइ छ मा हुदैगर्दा यसको नेतृत्व गर्ने र समाजसेवामा होमिनेहरुको पनि ठुलै भिड बढेको छ ।
अध्यक्षको पदमा सामाजिक अभियन्ता केशव कडेंलले मेलवर्नमा उमेदबारी दिदै गर्दा एनएसडब्लुको उपाध्यक्ष पदमा भने युवा लेखा ब्यवशायी डिला खरेल मैदानमा उत्रेका छन । एनआरएन अस्ट्रेलियाको कोषाध्यक्ष र प्रवक्ता रहिसकेका यी लोकप्रीय युवा उमेदबार संस्थाको गरिमाका लागि ब्यवशायीक ब्यक्तीत्वहरुको प्रवेश महत्वपुर्ण रहने धारणा ब्यक्त गर्छन । यो समय र परिस्थीतीको माग अनि संस्थाको गरिमाको उपजपनि हो, खरेलले बताए ।
यस्तै एनआरएन अस्ट्रेलियाको महासचिबमा डाक्टर ज्ञानेन्द्र रेग्मी मैदानमा खरो रुपमा उत्रेका छन । यसअघि प्रवक्ता रहीसकेका रेग्मी अस्ट्रेलियन सरकार अन्तर्गत काउन्सिलका इन्जिनियर पनि हुन । अस्ट्रेलियाको ओलंगंग बिश्वबिद्यालयवाट सिभिल तथा बाताबरण इन्जिनियरिङमा पीएचडी गरेका रेग्मी एनआरएन सबै प्रवासी नेपालीहरुको साझा संस्था भएकोले यसको नेतृत्वमा ब्यवशायीकहरुको प्रवेश अनिवार्य रहेको बताउछन । बिदेशमा छरिएर रहेका गैर आवसिय नेपालीहरुलाई दोहोरो नागरिकतासँंगै नेपालमा पर्यटन, प्रबर्धन र सामुहिक लगानी भित्राएर देश विकासमा टेवा पुरयाउने यसको उद्देस्यलाई सफल प्रतिस्पर्धामा उत्रिएको बताउछन । यिनै महत्वपुर्ण तीनवटा मुद्दालाई प्रमुख उद्देस्य बनाएर अगाडि बढी रहेको एनआरएनए अभियानकै एउटा हिस्सा बन्ने प्रयासमा आफु लागेको रेग्मीको कथन थियो । बिश्व संजालमा आफ्नो पृथक उचाइ कायम गर्न र देशको बिकासमा सहयोग पुरयाउन युवा र ब्यवशायीक पुस्ताको एनआरनमा प्रवेश अनिवार्य देखिएको छ,रेग्मीले सुनाए ।
एनआरएनए अष्ट्रेलियाको हरेकखाले प्रतिबद्दतामा आफूले सकेको सक्दो सहयोग गरौ भन्ने भावना र यसमा सबैको अपनत्वको आभाष गराउदै संस्था सबैको साझा र सबल बनाउने प्रयासमा आफु लागि पर्ने रेग्मीको भनाइ छ । रेग्मी सन् २०१५–१७ मा आइसीसीको विधान समितिको सदस्य र १५–१७ मा एनआरएनए अष्ट्रेलियाको प्रवक्ताका रुपमा कार्यरत थिए ।
यस्तै यतिखेर एनआरएन अस्ट्रेलियाको कोषाध्यक्षमा सीपीए एकाउन्टेन्ट अनिल पोखरेल मैदानमा उत्रेका छन । सानो उमेरमा उमेरमै उच्च अध्यनका लागि अस्ट्रेलिया आएका अनिल पेशागत रुपमा यहाको सरकारी कार्यालयमा जागिरे छन ।
मेरो ब्यवशाय र उमेदबारीलाई मैले न्याय गर्न कोषाध्यक्ष पदमा उमेदबारी दिएको छु । एनआरएनको फैलीदो संजाल र यसको बिश्वासीलो पक्ष भनेको आर्थिक पक्षनै हो । त्यसैले पनि एनआरएन अस्ट्रेलियाको उचाई र हैसीयतलाई केहि हदसम्म भएपनि अगाडि बढाउन मेरो उमेदबारी न्यायसंगत हो भन्ने मैले ठानेको छु , अनिलले सुनाए ।
समाजसेवा र मुलुकसँग जोडिने सामाजिक पक्षले मलाई सधै छुन्थ्यो अनि काम,पढाइ र ब्यस्तता अनि स्थायीत्वको बिषयले समय मिलेको थिएन । तर केहि बर्षदेखि चितवन समाज र एनआरएनकै नेपाल महोत्सवसँग जोडिएर काम गदैजाँदा मलाई यो रहर मात्र हैन दायित्व पनि हो भन्ने बोध भएको छ । त्यसैले पनि आफ्नो ब्यवशायिक दक्षतासँंग जोडिएर कोषलाई बिश्वासिलो र परादर्शी र सबल बनाउने अभियानमा होमिएको छु, अनिलले भने ।
यस्त सानै उमेरमा ट्राभल एन्ड टुर्सको तथा पर्यटन क्षेत्रमा बलियो पकड बनाउन सफल युवा अभियन्ता इर्शाद अहमदले एनआरएन अस्ट्रेलियाको युवा संयोजक पदमा उमेदबारी दिएका छन । नेपालमा पुशपती बुटिक होटलदेखि सिडनीमा एभरेष्ट ट्राभल एन्ड टुर्ससम्मको उनको ब्यवशायले राम्रै चर्चा कमाएको छ । उच्च अध्यनको सिलसिलामा अस्ट्रेलिया आएका यी युवा ब्यवशायी इर्शाद भन्छन, सहयोगी मन र नेपाली तनलाई जोडेर युवा बर्गको बिकाश र बिस्तारमा लाग्ने सोचका साथ एनआरएनको चुनाबी मैदानमा उत्रिएको हुँं । साथीभाइहरुलाई सकेसम्म सहयोग गर्न पछि नपर्ने इर्शाद अस्ट्रेलियामा छरिएर रहेका करिब हजारौ युवा वर्गलाई एनआरएनको छाता भित्र समेटेर खेलुकद अनि बृद्धी बिकासको वाटोमा अगाडि सार्ने आफ्नो उद्देस्य रहेको बताउँंछन । यस्तै सह कोषाध्यक्षमा क्वीन्सल्यान्डका इन्जिनियर लक्ष्मण गोपाली पनि प्रतिस्पर्धामा उत्रिएका छन । उनि क्वीन्सल्यान्ड सरकारको सडक बिभागमा इन्जिनियर पदमाकार्यरत छन ।
त्यती मात्र हैन यतिखेर एनआरएन अस्ट्रेलियाको निर्वाचनमा इन्जिनियरहरु नारायण काफ्ले , राजु अधिकारी, अरुण ठाकुरपनि आइसीसी सदस्यका रुपमा मैदानमा उत्रिएका छन भने क्यानबेरामा संयोजक पदमा अर्का सीपीए(चार्टड एकाउन्टेट) चुडामणी सापकोटा प्रतिस्पर्धामा उत्रिएका छन ।