सानिमा इन्स्योरेन्सले ल्यायो घातक रोगका लागि बीमा योजना

काठमाडौं, असार १९ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ ।

‘सानिमा घातक रोग रक्षावरण स्वास्थ्य बीमा योजना’ नाम दिइएको सो योजनामा क्यान्सर, मिर्गाैला, अङ्ग दान÷‘बोनम्यारो’ प्रत्यारोपण, ‘ओपन हार्ट सर्जरी’, हृदयाघात, मस्तिष्कघातलगायत रोगको उपचारलाई समेटिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

लिमिटेडका महाप्रबन्धक शिवराम तिमल्सिनाले बीमा योजनाले १८ देखि ५५ उमेर समूहलाई समेट्ने र रु ५० हजारदेखि रु ५० लाखसम्मको बीमा गर्न सकिने जिकिर गरेका छन् ।

पैसा र उपचारको अभावमा जनताको अकालमा मृत्यु नहोस् भन्नाका लागि कम्पनीले सो योजना ल्याइएको बताउँदै यसले जनताको जीवनस्तरमा सुधार ल्याउने बताइएको छ ।