नेपालका विभिन्न जिल्लामा एक हजार ७६४ सङ्क्रमित

काठमाडौं, साउन ३ । नेपालका विभिन्न जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित व्यक्तिहरु भेटिएका छन् । सन् २०१९ को छ महीनामा जिल्लामा जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको जानकारी गराएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् । अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ सङ्क्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन् ।

सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए । अहिले अस्पतालमै रहेको एएचएफ नेपालले अस्पतालमा आउने सङ्क्रमितलाई सहयोग गर्दै आएको छ ।

सङ्ख्या हेर्दा घट्दो देखिए पनि खुलेर आउनेको सङ्ख्या भने कम रहेको केन्द्रका स्रोतव्यक्ति डा युवानिधि वस्यैलाले बताएका छन् । उनले जिल्लामा रहेका सबै केन्द्रबाट औषधि नलिने गरेका कारण उनीहरुमा आएको सुधारको विषयमा जानकारी लिन कठिन हुने गरेको बताए ।

खासगरी भरतपुर अस्पतालमा आएर औषधि लिनेहरु बाहिरी जिल्लाको बढी रहेको उनको भनाइ छ । डा वस्यौलाका अनुसार मकवानपुर, नवलपरासी धादिङलगायतका जिल्लामा रहेका सङ्क्रमित चितवन आएर औषधि लाने गरेको र उनीहरुलाई एकदेखि दुई महीनाका लागि औषधि पठाउने गरेको छ ।