ललितपुर, साउन ५ । गोदावरी नगरपालिका वडा नम्बर १० स्थित चापागाउँमा आजबाट प्रभु बैंकको १८८ औं शाखा स्थापना भएको छ । शाखा उद्घाटनका क्रममा गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले गोदावरीमा बैंकहरुको लागि प्रचुर मात्रामा लगानीको अवसर तथा वातावरण रहेको स्पष्ट पारेका छन् ।
मेयर महर्जनले उचित लगानीको योजनावाट सेवाग्राहीलाई आकर्षित गराउनुपर्नेमा जोड दिएका छन् । उत्पादनमुलक एवम् कृषि क्षेत्रमा गरिने लगानीवाट आर्थिक समृद्धि हुन सक्ने मेयर महर्जनको भनाई रहेको । बैंक स्थापना मात्र नभएर सहज वातावरणमा सञचालनका लागि नगरपालिकाबाट आवश्यक समन्वय र सहयोग रहने मेयर महर्जनले प्रतिवद्धता जाहेर गरेका छन् ।
उनले नमुना तथा समृद्धि नगर निर्माणमा नगरपालिका एक ढिक्का भएर रफ्तारका साथ अगाडि बढिरहेको जानकारी गराएका छन् । उक्त कार्यक्रमलााई आफ्नो धारणा राख्ने क्रममा बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले चापागाउँ शाखा १८८ औं शाखाको रुपमा स्थापित भएको बताउँदै विभिन्न स्थान गरी १५५ वटा एटिएम रहेको जानकारी गराएका छन् ।
उनले बैंकले खासगरी जलविद्युत आयोजना, होटल, सिमेन्ट कारखानालगायत विद्यालय क्षेत्रमा लगानी गरेको जनाएका छन् । यस बाहेक प्रत्यक्ष रुपमा जनमानसलाई टेवा पुग्ने कृषि, शिक्षा, घरेलु तथा साना उद्योगलगायतका क्षेत्रमा समेत लगानी गरिरहेको प्रमुख कार्यकारी शेरचनको भनाई रहेको छ ।
उनले नगरपालिकासँग समन्वय गरेर उद्यमी विकासका लागि लगानी गर्ने बैंको उदेश्य रहेको बताएका छन् । उनले ९० अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी रहेको स्पष्ट पारेका छन् ।