सविता बस्नेत २०७६
भो म सँग नडराउ प्रिय
तिम्रो त्यो शान्त तलाउमा
म ढुङ्गा हान्ने छैन
तिम्रो त्यो मुटुमा
आफ्नो नामको ढुकढुकी
खोज्ने छैन
माया रहरले हुन्छ
करले हुन्न
तिमी चाहदैनौ भने
तिम्रो मनमा आफ्नो
बस्ती बसाल्ने छैन
एक चोटि त भनी हेर
मेरो माया छैन भनी
तिम्रा लागि मेरा परेली
भिजाउने छैन
तिमी हिड्ने बाटो सम्म
पनि म हिड्ने छैन
कसम,
म तिम्रा यादहरुमा
समेत म आउने छैन
0
Shares