ललितपुर, साउन ८ । ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा नविल बैंकको एटीएम सञ्चालनमा आएको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नविल बैकका अध्यक्ष शम्भुप्रसाद पौडेलले संयुक्त रुपमा एटीएम मेसिनको उद्घाटन गरेका हुन् ।
एटीएम मेसिन उद्घाटनमा नविल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलगायत नविल बैंकका विशिष्ठ कर्मचारीहरुको समेत उपस्थितिमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । नविल बैंकको एटीएम उद्घाटनका क्रममा मेयर महर्जनले नविल बैंकसंगको सहकार्यमा ललितपुर महानगरपालिकाभित्र हरियाली प्रवद्र्धनका लागि काम गर्न महानगर तत्पर र इच्छुक रहेको जानकारी गराएका छन् ।
मेयर महर्जनले भने, ‘हामी नविल बैकको संस्थागत सामाजिक उत्तरदायित्वसंग जोडिएर महानगरपालिकाभित्र हरियाली प्रवद्र्धनका लागि काम गर्न चाहान्छौं ।’ सोही क्रममा नविल बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले महानगरपालिकासंग सहकार्य गरेर काम गर्न सदैब तयार नै रहेको स्पष्ट पारेका थिए ।
महानगरले हरियाली प्रवद्र्धनका लागि महानगरले चालेको कदमको प्रशंसा गर्दै नविल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सहकार्य र हातेमालो गर्न आफुहरु पनि सकरात्मक रहेको जानकारी गराएका छन् ।