सप्तरी, साउन १० । आज बिहान पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ । उनको आज बिहान ६ बजे सप्तरीको राजविराज नगरपालिका निवासी आफ्नै निवासमा निधन भएको हो ।
उनी विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्भालेका उनका छोरा सुमनप्रसाद सिंहले जानकारी बताए ।
पूर्वमन्त्री सिंहले मुलुकमा प्रजातन्त्र स्थापना भएपछि सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए । उनका दुई छोरा र छोरी छन् । उनको जेठो छोरा डा रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन् । परिवारजनका अनुसार स्व सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने छ ।
0
Shares