सांसदहरुको लगातारको विरोध पछि प्रतिनिधिसभा बैठक स्थगन

काठमाडौं, साउन १३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाको अवरोधका कारण आजको संसद बैठक साउन १५ गतेसम्मका लागि स्थगन गरिएको छ ।

सांसदहरुले लगातार ४० मिनेटभन्दा बढी नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महरा बैठक स्थगित गर्न बाध्य भएका थिए ।

उनले पटक पटक सांसदहरुलाई आसन ग्रहण गरी संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरेका गरे पनि सांसदहरुले नाराबाजीलाई निरन्तरता दिएपछि बैठक स्थगन गर्न साभामुख महरा वाध्य भएका थिए ।