काठमाडौं, साउन १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य चन्द्र भण्डारीले भ्रष्टाचारका कारण देशमा विकासका कामले तिव्रता नलिएको बताएका छन् ।
बुटवलमा आयोजना गरिएको साक्षात्कारमा कार्यक्रममा बोल्दै नेता भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्न सके देश विकाले गति लिने जानकारी गराएका छन् ।
उनले कांग्रेसका धेरै नेताहरुलाई भ्रष्टाचारको मुद्दा लागेर जेल सजाय भोगेका स्मरण गराउँदै अहिलेको सरकारका धेरै नेतालाई भ्रष्टाचारको मुद्दा लगाउनु पर्ने आरोप लगाएका छन् ।
नेकपाका नेताले भ्रष्टाचार गरे पनि स्वीकार नगर्ने बताउँदै नेता भण्डारीले भ्रष्टाचार गर्दिन भन्दै नारा लगाउने तर भ्रष्टाचार गर्न चाँही नछोड्ने उनीहरुको बानि भएको बताएका छन् ।
नेता भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचनमा विजयी भएमात्रै सभापतिको कार्यकाल लम्ब्याउन र पराजित भए छाड्नका लागि सुझाव दिएका छन् ।