काठमाडौं, साउन २१ । नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको छ । काठमाडौँ उपत्यका दिन प्रति दिन बढ्दै गएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने नीतिअनुसार उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको बताएका छन् ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको धुलो धुवाँका कारण आँखा सम्वन्धि विभिन्न रोगबाट बच्न तथा सडकमा ‘स्मार्ट’ देखिने भएकाले उक्त चस्मा वितरण गरिएको स्पष्ट पारेका छन् ।
हाल काठमाडौँ उपत्यकामा मात्र एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।
0
Shares