काठमाडौं, साउन २६ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाअन्तर्गत गठित विषयगत समितिमा हेरफेर गरेका छन् ।
सभामुख महराले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा सरिता न्यौपानेलाई हेरफेर गरेका हुन् ।
सोहि क्रममा प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले सदनसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।
0
Shares