एक्सपर्टले जुरायो शक्तीको मैदानमा पारसको प्रशिक्षण

एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले राष्ट्रिय टोलीका कप्तान पारस खड्काको उपस्थीतीमा पडसरीमा पुर्व राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ती गौचनको स्टार क्रिकेट एकेडेमीमा क्रिकेट प्रशिक्षण सम्पन्न गरेको छ । रुपन्देहीका बिभिन्न ९० स्कुलका पाँंच हजार बिध्यार्थीहरुको सहभागिता रहेको सो बहृत क्रिकेट प्रशिक्षण कार्यक्रममा उत्कृष्ट खेलाडीलाई एक्सपर्टले नगद पुस्कारको ब्यवस्था समेत गरेको थियो । कप्तान पारस खड्काको उपस्थीतीमा हौसिएका बिध्यार्थीहरुलाई बिस बिस जनाको समुहमा बिभाजन गरेर बलीङ तथा ब्याटिङ प्रशिक्षण दिइएको थियो । प्रतिभा भएर पनि प्रष्फुटन हुन नसकेका कयैन बिध्यार्थीहरुले कप्तान पारससँंग बलिङ र ब्याटिङ गर्न पाउँंदा आफुहरुमा आत्मबिश्वास बढेको बताए । पारसले करिब दुइ सय बिध्यार्थीहरुको बलिङको सामना गरेका थिए । सहभागि बिध्यार्थीहरुले कप्तान पारससँंग नेपाली क्रिकेट र यसको बिकासक्रमका बारेमा समेत बिविध जिज्ञासा राखेका थिए ।
एक्सपर्टका बुटवल शाखाका निर्देशक रोशन कडेंलले क्रिकेटको क्रेज र संभावनालाई मध्यनजर गर्दै प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । स्मरणरहोस कप्तान पारस खड्का अस्ट्रेलियामा प्रधान कार्यालय रहेको एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजका ब्रान्ड एम्बेसडर समेत हुन ।
एक्सपर्टले केहि महिनाअघि मात्र कप्तान पारस र दिेपेन्द्र ऐरीलाई अस्ट्रेलिया भ्रमणमा ल्याएर बिशेष प्रशिक्षण कार्यक्रम सन्चालन गरेको थियो । नेपाली क्रिकेटको बिकासमा हाम्रो सहयोग र सदभाव सधै रहीरहनेछ , अन्तर स्कुलदेखि लिएर कलेजसम्मको क्रिकेटमा एक्सपर्टले सहयोग गरिरहेको छ, यसका ग्रुप मेनेजर मन्जित घिमिरेले बताए ।