संविधानको भावना अनुसार भूमि सुधारका कार्यक्रम ल्यान सांसदहरुको माग

काठमाडौं, भाद्र २६ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले हरेक क्षेत्रमा मिसावट हुँदा यसको असर सर्वसाधारण जनताको स्वास्थ्यमा असर परिरहेको बताएका छन । उनले सरकार के हेरेर बसिरहेको छ भनी प्रश्न गर्दै भने, खाद्यान्न, फलफूल तथा तरकारी मिसावट गर्नेमाथि कारवाही गर्न माग गरेका छन् । मिसावट गर्ने माथि कारवाही कहिले हुन्छ भन्ने प्रश्न गर्दै सांसद विडारीले मिसावट गर्ने माथि कारवाही गर्न सरकारले हिम्मत कस्नु पर्ने बताएका छन् ।

सांसद बलराम बाँस्कोटाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक बनाउन समानतामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद बाँस्कोटाले समानताका लागि भूमिसुधार आवश्यक पर्ने बताएका छन् । उनले भने, भूमि सुधारमा राजनीतिक दलले किन चासो देखाएनन् ? भूमिसुधारलाई कनिका छराईका रुपमा हेरिनुहँुदैन । संविधानको भावना अनुसार भूमि सुधार आवश्यक पर्छ ।

सांसद मुक्ताकुमारी यादवले तराई÷मधेशमा धान रोप्नु पूर्व डुवानमा प¥यो, अहिले अलि अलि रोपिएका धान पनि पानी नपरेर सुख्खाग्रस्त भयो, धानका गरामा चिराचिरा परेको छ, यस्तो अवस्थामा तराई÷मधेशका जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेकी छिन् । सरकारले गतवर्ष जस्तै तराई÷मधेश रोपाइँ भयो भन्ने तथ्याङ्क सार्वजानिक ग¥यो । व्यवहारमा यस्तो छैन । उनले भनिन् ।

सांसद चक्रप्रसाद स्नेहीले सदनमा सांसदले उठान गरेका विषयमा सरकारको ध्यान गएको छ की छैन ? के कति पूरा भयो, के कारणले सांसदले बोलेका कुरा पुरा भएन ? जवाफ दिनुपर्छ की पर्दैन ? भन्ने प्रश्न गरेका थिए । उनले सामुदायिक विद्यालयमा कार्यरत दशजोड दुईका शिक्षक, कर्मचारी, कार्यालय सहायक, बालविकास सहायकका माग पूरा गराउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । हाल सामुदायिक विद्यालयमा ३५ हजार ३१८ कर्मचारी र २९ हजार ४६ कार्यालय सहायक, ३० हजार ४४८ बालविकास सहायक कार्यरत रहेका छन् ।

सांसद डा विमला राई पौडेलले दूध आउने समयसम्म गाईको दूध खाने, दूध आउन छाडेपछि गाईलाई सडकमा छाडिदिने परम्परालाई अन्त्य गर्न स्थानीय निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् । उनले छोडिएका जनावर व्यवस्थापन सम्बन्धी नीति बनाउन र छाडा जनावर व्यवस्थापनमा सरकारले के गरिरहेको छ ? जानकारी दिन सरकारसँग माग गरेकी छिन् ।

सांसद रामप्रित पासवानले विसं २०८७ सम्ममा साक्षर नेपाल बनाउने सरकारले अभियान पूरा हुन नसक्ने अवस्थामा रहेको चर्चा गर्दै दलित, मुस्लिम समुदायमा विशेष साक्षर अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । साक्षर नेपाल अभियान बालुवामा पानी हालेजस्तो भएको बताउँदै उनले भने, साक्षर अभियानमा हालसम्म के कति खर्च भयो । सार्वजनिक गर्नुपर्छ ।

चीनका विदेश मन्त्रीकोे नेपाल भ्रमणबारे सदनलाई जानकारी दिन माग गर्दै सांसद राधेश्याम अधिकारीले चीनका विदेशमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणका बारेमा परराष्ट्रमन्त्रीले सदनमा जानकारी गराउन माग गरेका छन् । उनले नेपालले एशिया प्याशिफिक बैठकमा भाग लिन्छ की लिँदैन यसका बारेमा सरकारको भनाइ के हो ? भनी प्रश्न गरेका थिए ।

सांसद धनकुमारी खतिवडाले ‘मेलम्ची खानेपानी आउँछ आउँछ’ कति वर्षसम्म जनतालाई भन्ने प्रश्न गर्दै मेलम्चीको मुहान स्थानमा भएको आन्दोलनमा सरकारले श्रमिकमाथि दमन गरेकोमा दुःख व्यक्त गरेकी छिन् । श्रमिकले आफ्नो ज्याला माग गर्दै आन्दोलन गर्दा किन दमन गरियो ? भन्ने प्रश्न गर्दै सांसद खतिवडाले मेलम्चीको बाँकी काम सम्पन्न गर्न नयाँ ठेकेदारलाई के आधारमा ठेक्का दिइयो ,जानकारी दिन सरकारसँग माग गरेकी छिन् ।

सांसद दिलकुमारी थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ५६ जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण गर्न ध्यान नदिएकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनले आमनागरिकलाई सो रोगनियन्त्रणका लागि परिचालन गर्न आह्वान गर्नु जरुरी रहेको स्पष्ट पारेकी छिन् ।

सांसद रामलखन चमारले नवलपरासी जिल्लामा बन्द भएका सुविधा भन्सार कार्यालय पुन ः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद शान्तिकुमारी अधिकारीले सतिप्रथा उन्मुलन भएको एक सयवर्ष पूरा हुन लाग्दा पनि समाजमा महिलामाथि हुने हिंसामा कमि आउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।