काठमाडौँ, साउन ३२ । नेपाल भ्रमणमा रहेको चीनका राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग नेपालका उद्योगी व्यवसायीले सम्बन्ध सञ्जाल विस्तारमा जोड दिन अनुरोध गरेका छन् ।
नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा उद्योग व्यसायीले विशेष गरी नेपालमा लगानी बढाउन र दुई देशबीचको सम्बन्ध सञ्जाल विस्तार गर्न आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताए ।
सबै क्षेत्रका लागि सञ्जाल महत्वपूर्ण भएको भन्दै अनेपालसँगका नाका विस्तार र सुचारु गर्ने सम्बन्धमा दुई ध्यक्ष राणाले पक्षबीच छलफल भएको जानकारी दिँदै चीनले आयातमा दिने छुटको सम्बन्धमा नेपालमा उत्पादन हुने र निर्यात भइरहेका बस्तु र व्यापारलाई प्राथकिता दिनुपर्ने बताए । उनले भने–भन्सारमा हुने समस्याका बारेमा पनि कुरा भयो । भेटमा उद्योगी व्यवसायीले तातोपानी नाका सुचारु गर्नुपर्ने, दुबै देशको पर्यटन प्रवद्र्धन र नेपालको जडीबुटी व्यापारका सम्बन्धमा पनि कुरा राखेका थिए ।
भेटमा महासंघका अध्यक्ष राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपालका उद्योग व्यवसायी थिए ।