वर्तमान राजनीतिक व्यवस्था साझा हो, यसको रक्षा सबैको जिम्मेवारी : उपसभापति गच्छदार

काठमाडौं, असोज २७ । वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले बताएका छन् । उनले सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नुपर्ने सुझाव दिँदै काङ्ग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले सहमति, सहकार्य र एकताको सन्देश गएको जिकिर गरे ।

नेपालको संविधान साझा दस्तावेज भएकाले यसको रक्षा गर्न सत्तापक्ष र प्रतिपक्षले दायित्व लिनुपर्ने उपसभापति गच्छदारले बताएका छन् । उपसभापति गच्छारका अनुसार लोकतन्त्र कसैको निगाह र दयाले नभई जनताको बलिदानबाट आएकाले यसलाई मास्छु कसैले भन्छ भने त्यो सपना मात्र हुनेछ ।

अहिलेको सरकार दुई तिहाइ बहुमतको भएका कारणले उनले विगतमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको भनाइ राख्दै विकास र शान्तिले सार्थकता पाउनेमा आफू आशावादी रहेको चर्चा परिचर्चा समेत गरे ।