सुर्खेत, कात्तिक ७ । कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आएका छन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद भण्डारीले उपराष्ट्रपति पुनलाई विमानस्थलमा स्वागत गरेका थिए । आज सुर्खेतका धार्मिक पर्यटकीयस्थल काँक्रेविहार, देउती बज्यै मन्दिर र बुलबुले ताल उनले अवलोकन गर्ने छन् ।
उपराष्ट्रपति पुनमार्फत सरकारलाई सिङ्जा महोत्सव उद्घाटनको क्रममा तत्कालीन सिङ्जाको संस्कृति र सभ्यताको वास्तविक इतिहासका लागि भग्नावशेषको उत्खननका लागि अनुरोध गरिने जानकारी पाइएको छ ।
0
Shares