काठमाडौं, कार्तिक १८ । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्काे ऐतिहासिक सफलता हासिल गरेका छन् । हिमाली चितुवा नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राषि्ट्रय बकि्सङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पार्न सफल भएका हुन् ।
युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गर्न सफल भएका थिए । अन्तर्राषि्ट्रयस्तरको उक्त प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले सहभागिता जनाएका थिए । जापानमा रही बकि्सङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिकाका स्थायी बाससिन्दा हुन् ।
अविरल नेपालका किक बकि्सङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र समेत हुन् । आफ्नै बुबाको निगरानी र प्रशिक्षणबाट निखारिएका उनी बकि्सङमा अब्बल मानिन्छन् । घिमिरेले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राषि्ट्रय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल भई सकेका छन् । यसैगरी एक खेल बराबरीमा रोकिएको उनको परिवारक स्रोतले जनाएको छ ।
पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने आशा गरिएको छ उनी माथि समग्र राष्ट्रले नै ठूलो अपेक्षा गरेको छ । उक्त प्रतियोगिता हेर्नका लागि जापानमा रहेका नेपालीको उल्लेख्य सहभागीता रहेको र कार्यक्रममा भिन्न रौनकता छाएको थियो ।