लैङ्गिक हिंसामुक्त देश बनाउन तीनै तहका सरकारको सहयोग आवश्यक पर्ने

काठमाडौं, कार्तिक १८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङि्गक हिंसाविरुद्धको कानून कार्यान्वयनमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएकी छिन् । विराटनगरमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले नेपाल सरकारले गत जेठ १६ गते राषि्ट्रय महिला अधिकार दिवस–२०७६ मनाएको र सो अन्तर्गत लैङि्गक हिंसामुक्त देश अभियानलाई सङ्घ, प्रदेश र स्थानीय तहले मनाइरहको जानकारी गराएकी छिन् । उक्त अभियानलाई सफल बनाउनका लागि तीनै तहका सरकारले सबैको सहयोग लिनुपर्ने उनको भनाई छ ।

मन्त्री थापाले अहिले पनि महिलामाथिको विभेद अवशेषको रुपमा रहेकाले त्यसलाई अन्त्य गरी समतामूलक समाज निर्माण गरिनुपर्नेमा जोड सिदएकी छिन् । समाजमा महिलालाई हेर्ने दृषि्टकोण र व्यावाहार पूर्ण रुपमा परिवर्तन हुन नसकेको उनको भनाई छ । मन्त्री थापाले महिला मैत्री समाज निर्माणका लागि तीनै तहका सरकारले गम्भीर रुपमा लिई पालिकादेखि वडासम्म योजना, कार्यक्रम र आवश्यक सुझाव सङ्कलन गर्नाका साथै उक्त अभियानलाई निरन्तरता दिन नियम कानूनको प्रभावकारी अभ्यास र ग्रामीण क्षेत्रका महिलालाई संवैधानिक अधिकारका विषयमा सुसूचित गराउनुपर्ने आवश्यकता रहेको औँल्याएकी छिन् ।

हरेक क्षेत्रमा महिलामाथि हुने दमनको अन्त्य गर्न सबै एक जुट हुनुपर्ने बताउँदै मन्त्री थापाले समाजको अभिन्न अङ्ग महिला भएकाले महिलाको सम्मान सबैले गर्न आवश्यक रहेको बताएकी छिन् । मन्त्री थापाले फरक प्रशंगलाई जोड्दै प्रदेश प्रमुखहरुमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि पार्टी तथा सरकारलाई सुझाव दिइएको जनाएकी छिन् । उनले स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको जानकारी गराउँदै महिलाको सहभागितालाई थप मज्बुद् बनाउनुपर्नेमा जोड दिएकी छिन् ।