सरकार प्रचारमुखी भयो ः महत

काठमाडौं, कार्तिक २९ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल समृद्ध मुलुक बन्नलाई कांग्रेस नै सत्ता आउनुपर्ने स्पष्ट पारेका छन् । सहमहामन्त्री महतले कम्युनिस्टहरु गफ र प्रचारमुखी भएको आरोप लगाउँदै प्रचार र गफ र यस्ता कामका आधारमा मुलुक समृद्धिको दिशातर्फ उन्मुख नहुने जिकिर गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा नेपाल ट्रेड युनियन कांग्रेस ३ नम्बर प्रदेशको प्रथम परिषद कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसीहरु काम गर्ने तर गरेका कामहरुको प्रचार गर्न नजान्ने भएकाले निर्वाचनमा पराजय भोग्न वाध्य भएको जनाएका थिए । सहमहामन्त्री महतले तीन नम्बर प्रदेश र सबै प्रदेशका ट्रेड युनियन र भातृ संस्थाहरुलाई कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न निर्देशन पनि दिए