काठमाडौं, मंसिर २ । विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो जाहेर गरेका छन् । आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने, तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृति्तका हावी भएको कुरा प्रधानमन्त्री ओलीले बताएका छन् । उनले यस्तो प्रवृति्तले विकास निर्माणको काममा ढिलाइ हुने समेत जिकिर गरेका छन् । प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मनि्त्रपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट …माथिल्लो ति्रशुली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दैे राषि्ट्रय हितका आयोजनामा नियमानुसार कम मात्रै मुआब्जा तथा क्षतिपूर्ति लिनेतर्फ आम नागरिकसमेत लाग्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीलेसरकारको हैसियतअनुसार नै मुआब्जा माग्ने र विकास निर्माणको कामलाई सहज बनाउनेतर्फ लाग्न आग्रह गरेका छन् । उनले कतिपय विकास निर्माणका आयोजना जग्गा प्रापि्त तथा अन्य मुआब्जालगायतका कारणले अहिले पनि समस्यामा परेको भन्दै त्यस्ता समस्याबाट बाहिर निकालेर आयोजनालाई समयमै सम्पन्न गर्नेतर्फ लाग्नसमेत सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।
राज्यबाट अनुचित लाभ लिनुपर्छ भन्ने प्रवृति्त त्याग्नसमेत सम्बद्ध सबैलाई प्रधानमन्त्री ओलीले आग्रह गर्दै स्पष्ट पारे । आर्थिक समृदि्धलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएकाले त्यसबाट आम नेपाली सबैलाई लाभ हुनेसमेत सरकारले उल्लेख गरेको छ ।
अनावश्यक माग गर्दा आयोजनाको लागत र समय दुवै बढ्नाले यस्ता गलत काम गर्न नहुने प्रधानमन्त्री ओली स्पष्ट पारेका छन् । प्रविधिको प्रयोग गरी सिंहदरबारबाटै नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको आयोजना प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री तथा मनि्त्रपरिषद् कार्यालय र आयोजना स्थल नुवाकोटको किस्पाङ गाँउपालिकाको सिम्लेलाई श्रव्यदृश्य प्रणालीमार्फत जोडिएको थियो ।
आयोजना निर्माणमा प्रधानमन्त्रीले सकि्रय भूमिका निर्वाह गरेकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाका निर्माण व्यवसायी एवं सम्पूर्ण श्रमिकलाई समेत धन्यवाद दिएका छन् । प्रधानमन्त्रीले आयोजनाको औपचारिक उद्घाटन भई राषि्ट्रय प्रणालीमा थप ६० मेगावाट विद्युत् थप भएकोमा उत्साह भएका छन् ।