महंगा भए पनि विद्युतीय बसमा न्युन खर्च हुने

काठमाडौं, मंसिर ४ । नेपाल गेड्ने धेरै बस छन् र ती बसहरु सस्ता छन् तर तिनीहरुको खर्च भने बढ्दो छ । नेपाल त्यस्तो एउटा बस भित्रीएको छ जुन् विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च भने निकै न्युन रहेको छ ।

हाल चक्रपथ सुन्दर यातायातको सञ्चालनले गर्दा चमकिलो मात्र देखिएको छैन बरु बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गरेको छ ।

दैनिक चक्रपथ छ पटक परिक्रमा गर्दा डिजेलबाट चल्ने बस औसत दैनिक रु चार हजारसम्मको इन्धनमा खर्च भइरहेको छ । प्रालिका अध्यक्ष भेषबहादुर थापाले विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रु ७५० खर्च हुन जानकारी दिएका छन् । उनले जनशक्तिका लागि लाग्ने खर्च भने दुवैमा बराबर नै हुने गरेको छ । प्रालिले खरीद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले अहिले यात्रुबाट लिने भाडामा पनि सहुलियत दिइरहेको छ ।

सरकारले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादरमा हामीले २० प्रतिशत छुट दिइरहेको उनले बताए । विद्युतीय सवारी साधन चार्जका लागि बनाइएका निजी संस्थाले निर्माण गरेका ‘चार्जिङ स्टेशन’ लाई सरकारले सहुलियत दिने व्यवस्था गरेको छैन ।

उनले ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिँदा सञ्चालन खर्च कम हुने र यात्रुलाई अझै छुट दिन सकिने जिकिर गरे । चार वटा विद्युतीय बस दुई महिना पहिलेदेखि प्रालिले चक्रपथमा सञ्चालन गरिरहेको छ ।

आउँदो वर्षमा २५ वटा बस थप्ने उक्त प्रालिको योजना रहेको छ । यसरी विद्युतिय बस थप्दा केही महंगा भएता पनि किनिसकेपछि त्यसबाट हुने न्युन खर्चले धेरै काम बन्न सक्छ र बसमा चढ्ने यात्रुलाई पनि केही सहुलियत हुने छ ।