कास्की, मंसिर ४ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले कास्की निर्वाचन क्षेत्र नं– २ मा आउँदो मङ्सिर १४ गते हुने नेकपाले अघि सारेको देश विकासको महाअभियानमा सारथी बन्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुगेकी उनले आज तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभामा पार्टी र सरकारको अभियानमा आपूm समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले पोखराको समग्र विकासमा रवीन्द्रको ठूलो हात रहेको भन्दै रवीन्द्रको नेतृत्वमा अघि बढेका कयौं योजनाको कार्यान्वयन भइरहेका छन् ,कयौं अझै बाँकी छन्, ती सबै योजना पूरा गर्नका लागि पार्टीले उम्मेदवार बनाएको हो ती अधुरा योजना पूरा गर्छु भन्दै आफ्नो धारणा समेत व्यक्त गरेकी छन् ।
उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको भन्दै नेकपा कास्कीका अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण थापाले रवीन्द्रको नेतृत्वमा नेकपाले अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्न प्रतिबद्ध रहेको जानकारी गराए ।
प्रदेशसभा सदस्यसमेत रहेका थापाले आफू पनि भरतपोखरी क्षेत्रको जनप्रतिनिधि भएको भन्दै अव विद्यासँग सहकार्य गरी विकासको मूल फुटाउँदै समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेकपाको नेतृत्वमा समृद्धिकोयात्रा पूरा गर्न पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का वडाध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुनले विद्यालाई जिताउन पर्छ भन्ने धारणा राखेका छन् ।