चरित्र मानवको

–मन्दिरा गिरी (वन)

भन्छन् कसैले जीवन बगेको पानी हो
फर्केर आउन्न रे !
जिवन संघर्षको कुरुक्षेत्र हो
त्यहाँ भिड्नु पर्छ रे !
तर पानी हैन जीवन, कुरुक्षेत्र पनि हैन
जीवन त जीवन हो
त्यहाँ के भिडन्त ? के कुरुक्षेत्र ?
यहाँ भोग्नेले हैन, भोगाउनेको सही हुन्छ
अन्यायमा पर्लाउ कुनै दिन
अन्याय भयो, नभन्नु कसैलाई, केबल सहनु मात्र
किन थाहा छ ?
खिल्ली उडाउँछन्, भन्छन् आफु गुना हुन्छ रे !
तर बुझ्दैनन् मर्म अरुको
बुझ्दैनन् व्यथा कसैको
यहाँ स्वार्थी छन् व्यक्तिहरु
भकारी भरिएपछि, अरुको शुन्य छ
मतलब हुन्न
संसार यस्तै विचित्रको
चरित्र यस्तै मानवहरुको, चरित्र यस्तै मानवहरुको ।।