काठमाडांै, मंसिर ६ । आजदेखि चार दिनका लागि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने भएको छ । आजदेखि मङ्सिर ९ गतेसम्म जिल्ला प्रशासन कार्यालय बैतडीले झुलाघाट नाका बन्द हुने जानकारी गराएको छ । आउँदो मङि्सर ८ गते मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङि्सर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने बताइएको छ ।
सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीलेसीमा बन्द रहेको अवधिमा आकसि्मक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताए । गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको जानकारी पाइएको थियो ।
0
Shares