राजु थापा – क्यानडा, सम्बाददाता
दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ क्यानाडामा यूनिभर्सल यूनाईटेड नेप्लीज तेक्वान्दो फेडरेसन (अन्टियफ) बाट सम्मानित भएका छन् । अन्टिएफका केन्द्रिय अध्यक्ष तथा तेक्वान्दो खेल मार्फत नेपालको नाम चिनाउन सफल पूर्व पदक विजेता ग्राण्ड मास्टर राजकुमार राईले विदेशमा बसेर पनि खेलमा संलग्न नेपाली खेलाडीहरुले नेपालको राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुन पाउनु पर्ने तर्फ जोड दिदै त्यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सरकारलाई दवाद दिन अनुरोध गर्नु भएको छ ।
करातेका राष्ट्रिय प्रशिक्षक लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले काठमाडौंमा सन् १९९९ मा भएको आठौं साग र पाकिस्तानमा २००४ मा भएको नवौं साफमा स्वर्ण पदक जितेका थिए ।
श्रेष्ठ केही सातादेखि क्यानाडा भ्रमणमा छन् । अगष्ट १८ देखि २२ तारिखसम्म क्यानाडाको ओटावामा सञ्चालन भएको कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन बिहीबार क्यानाडा आएका श्रेष्ठ लाई सोही अवसरमा अन्टिएफ क्यानडा च्याप्टरले सम्मान गरेको हो । सम्मान कार्यक्रम अन्टिएफ क्यानडा च्याप्टरका अध्यक्ष मास्टर राजु थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।