काठमाडौं, मंसिर ८ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको मादी गाउँपालिका–२ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा केन्द्रीय प्रसारण लाइन पु¥याइदिएपछि गाउँमा खुशीयाली छाएको छ ।
स्थानीयवासीले विसं २०५४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा गाउँ नजिकको खोलाबाट २७ किलोवाट क्षमताको लघुजलविद्युतमार्फत बत्ती बाल्दै आएता पनि चाहिनेजति बिजुली बाल्न भने नपाएको स्थिती थियो ।
वडाका वडाध्यक्ष एकजङ्ग गुरुङले लघुजलविद्युतद्वारा गाउँ नै उज्यालो भए पनि केही वर्षअघिदेखि ठूला विद्युतीय सामग्री सञ्चालन गर्दा पावर नधान्ने तथा पटक–पटक बत्ती जाने समस्या झेल्दै आएका स्थानीयवासी प्राधिकरण लाइन विस्तारसँगै खुशी बताएका छन् ।
अध्यक्ष गुरुङले लवडाका १८३ घरधुरीमा नै बत्ती पु¥याउने योजनाअनुरुप अधिकांशमा लाइन जोडिसकिएको भन्दै गाउँलेमा अहिले खुशीको सीमा छैन, बिजुलीको समस्याबाट हैरानी पाएका हामीहरुले लामो प्रयत्नपछि बत्ती बाल्न पाएका छौँ ।
घ्याब्राङ, सेतीखोला रोँहीगाउँसम्म गत आव २०७५÷७६ मा प्रसारण लाइन पुगेकामा चालू आवको चार महिनामा पाँच किमी लाइन विस्तार गरेर माथि ताङतिङसम्म प्रसारण लाइन पु¥याइएको हो । गाउँका धेरै घरमा अहिले होमस्टे (घरवास) सुचारु भएको छ । स्थानीयवासी गुमान गुरुङले गाउँमा पाहुना बढ्दै जाने तर बत्ती नभएर अँध्यारोमा राख्नुपर्ने समस्याको अन्त्य भएको र पर्यटकलाई समेत सहज हुने विश्वास व्यक्त गरेका छन् ।
ताङतिङ नजिकको मादी वडा नं १ का सोधा, खिलाङ, पार्चे र सिक्लेसमा समेत केही महिनाभित्रमा केन्द्रीय प्रसारण लाइन पु¥याइने प्राधिकरण लेखनाथ शाखा प्रमुख पवन पौडेलले जनाएका छन् ।