काठमाडौं, मंसिर ८ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मानित भएका छन् । नवोदित कलेज, सामाखुशीले आफ्ना विद्यार्थी राजु भण्डारीलाई चारवर्षे स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गरेका भन्दै आज सम्मानित गरिएको हो ।
भण्डारी स्नातक तह (२०७३–०७६)मा ७८.६५ प्रतिशत अङ्क ल्याई नेपालभरबाट प्रथम भएका थिए । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले भण्डारीलाई खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कलेजका प्राचार्य राजेन्द्र अधिकारीका अनुसार विसं २०५० मा निजी लगानीमा स्थापित सो कलेजले नर्सरीदेखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्दै आएको छ ।
0
Shares