झापाको दमकस्थित नयाँ संरचनाबाट सेवा शुरु

झापा, मंसिर ८ । एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा झापाको दमकसि्थत नयाँ संरचनाबाट सेवा शुरु भएको छ । एकैसाथ काउन्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरङ्ग सेवा नयाँ भौतिक संरचनाबाट सञ्चालनमा ल्याइएको हो । अस्पतालले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त रु २६ लाखको लागतमा ती संरचनाहरु निर्माण गरिएका जानकारी गराएको छ । आज आयोजित कार्यक्रममा अस्पताल परिसरमा झापा क्षेत्र नं ५ (ख)का प्रदेशसभा सदस्य अर्जुन राई र नगरप्रमुख रोमनाथ ओलीले नयाँ भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर तपनकुमार साहले अस्पताल सञ्चालक समिति अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा अस्पतालमा क्रमिक रुपमा भौतिक पूर्वाधारको विकास भइरहेको र अब थप जनशकि्तको आवश्यकता रहेको बताएका छन् । उनले हाल अस्पतालमा दैनिक ३०० देखि ५०० जनासम्म बिरामीले सेवा लिने गरेको जिकिर गरे ।

नगरपालिकाले अस्पतालका लागि नयाँ सुविधासम्पन्न अर्को भवन निर्माणको प्रकि्रया पनि प्रारम्भ भएको स्पष्ट पारेको छ । नगरपालिकाका सबइनि्जनीयर कमल दाहालले अर्थमन्त्रालयद्वारा अस्पतालमा ६० कोठाको नयाँ सुविधासम्पन्न अस्पताल निर्माणका लागि रु २७ करोड बजेट स्वीकृत गरिसकेको बताएका छन् । प्रस्तावित नयाँ भवनका बारेमा उनले जानकारी समेत गराएका छन् ।