विष्णु खत्रीलाई पछि पार्दै राष्टि्रय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी विजयी

काठमाडौं, मंसिर ९ । मङि्सर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन् । बिजीले आइतबार राति सम्पन्न मतगणनामा ५८४ मत पाउँदा खत्रीले ५४५ मत ल्याउएका थिए ।

राजु ढकालले कोषाध्यक्षमा ७३७ मत ल्याएर विजयी भए भने तारापती सुवेदीले ३७२ मत पाएका थिए । त्यस्तै ईश्वरीप्रसाद भुसाल सहकोषाध्यक्षमा, कृष्ण रेउले प्रशासनिक सचिवमा, जीवन दाहाल खुला सचिवमा, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, वसन्त थापा, हरि डाँगी, प्रचण्ड जिसी र पुष्कल शर्मा विजयी भएका छन् । रीता थापामगर वरिष्ठ उपाध्यक्षमा, पशुपति शर्मा प्रथम उपाध्यक्षमा, रामजी खाँड दि्धतीय उपाध्यक्षमा, राधिका हमाल महिला उपाध्यक्षमा, सुवास केसी महासचिवमा, शङ्कर विसी र शिव हमाल उपमहासचिवमा, खुमन अधिकारी साङ्गठनिक सचिवमा, जमुना राना मगर महिला सचिवमा र सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन भएका छन् ।

सम्झना लामिछाने मगर केन्द्रीय सदस्य महिलातर्फ, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित भएको महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र गुरुङले बताएका छन् । देवी घर्ती खुला केन्द्रीय सदस्यमा, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, दीपक गरौजा मगर, महेन्द्र गौतम, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचित भएका छन् ।

गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपशि्चमतर्फ नवीन धामी केन्द्रीय सदस्यमा विजयी भएका छन् । विदेश शाखामा केन्द्रीय सदस्य रामकृष्ण बम मल्ल र दुर्गा पङ्गेनी विजयी भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महाधिवेशनको उद्घाटन गरेका छन् ।