आचारसंहिता विपरीत प्रयोग भएका सवारीसाधन नियन्त्रण

आसन्न उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रयोग भएका सरकारी नम्बर प्लेटका स्कुटी र मोटरसाइकल गरी १० सवारीसाधन आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको सफुवा प्रसौनी गाउँपालिका–५ महुबनमा भएको भेलामा ती साधन प्रयोग भएका थिए । सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरीका प्रहरी निरीक्षक रामकुमार महतले ती गाडी प्रहरीचौकी महुबनमा राखिएको जानकारी गराएका छन् ।