“पुर्खाले गरेको योगदान र इतिहास बिर्सन नदिने फिल्म नालापानी”

काठमाण्डौ, मंसिर १३ । वीर बलभद्र कुँवरले सन् १८१४ मा कप्तानी गरेका देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट लडेको थिए । त्यो ऐतिहासिक लडाईंमा आधारित भइ फिल्म …नालापानीÚ निर्माण भएको छ । यस फिल्मको हालै एक विशेष प्रदर्शनी भएको छ । फिल्म नेपाली सेनाको मुख्यालयमा प्रदर्शनी भएको हो । नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले फिल्म हेरेपछि उनले आफू सन् १८१४ सालमा पुनःफर्किएको समेत जिकिर गरे ।

उनले फिल्म राम्रो बनेको भन्दै ‘नालापानी’ ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान र इतिहास बिर्सन नसकिने पनि बताए । थापाका अनुसार युद्ध जित्न हतियारले सहयोग गर्छ तर युद्ध जित्न बिना रणनीति हतियारले मात्र नहुने भन्ने सन्देश यस चलचित्र ‘नालापानी’ ले दिन खोजेको छ ।

उनले यस फिल्मले नेपाली एवं वीर गोर्खाली एकदम साहसी योद्धा भएको देखाउन खोजिएको छ र यो सत्य पनि हो । उक्त फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, महाविर विश्वकर्मा, बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलियासँगै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको रोचक अभिनय रहेको छ । चलचित्र नालापानीमा भिएफएक्सको अधिक प्रयोग भएको छ र यसको टीजर पनि सार्वजनिक भैसकेको छ ।

चलचित्र रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको छ । बिजिबि इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्सले फिल्मको निर्माणमा सहकार्य गरेका छन् । टीजर सार्वजनिक भएता पनि प्रदर्शन मिति भने घोषणा गरिएको भने छैन । रिमेश अधिकारीले ‘नालापानी’ को परिकल्पना, निर्माण तथा निर्देशन गरेका छन् । यसको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

रोशन श्रेष्ठको द्वन्द्व, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, सम्पादनमा बिपिन मल्लले गरेका छन् भने बसन्त खत्री मगरले भिएफएक्स गरेका छन् । पुजना प्रधान र गणेश कार्कीले फिल्ममा सह–निर्माता गरेका छन् । कार्यकारी निर्मातामा घनेन्द्र थपलिया रहेका छन् भने यस फिल्मका एशोसियट निर्माता मनोज शाक्य हुन् । निर्देशक अधिकारीले सो चलचित्रको प्रदर्शन मिति चाँडै नै घोषणा गरिने समेत जानकारी गराएका छन् ।