बैतडी, मंसिर १३ । केही समय अगाडि पैदल यात्रा गरेर बैतडी सदरमुकाम बाट दुई दिन को यात्रामा पुगिने बैतडी को तल्लोस्वराड क्षेत्रको केन्द्र मानिने मेलौली नगरपालिका यतिबेला समृद्धिको यात्रामा तिब्र गतिमा लम्किरहेको छ । कृष्ण सिंह नायक नगरप्रमुखको रुपमा निर्वाचित भैसकेपछी समृद्धिको अभियानको नेतृत्व गर्दै सो स्थानका जनतालाई राहातको सास फेर्ने वातावरण बनाएका छन् । उनी निर्वाचित भए यता उक्त नगरपालिकामा विकासले गति लिएसँगै उक्त नगरका नगरवासिको मुहारमा खुसी देख्न पाएको छ ।
पच्चिस बर्ष मणिलेक मा. वि मणिलेक बहुमुखी क्याम्पस को प्रधानाध्यापक र क्याम्पस प्रमुख भएका बेला देखी उनलाई नायक सरको नामबाट सबैले चिन्छन् । तल्लो स्वराड कै मुटुमा अवस्थित मणिलेक मा. वि हुँदै क्याम्पस सम्मको प्रमुख भएर पच्चिस बर्ष सेवा गरेका मेलौलीनगरपालिका लेबैतडीको तल्लो स्वराड क्षेत्र अन्तर्गत पर्ने साबिकका पाँच गा.बि.स.( मेलौली, बिशालपुर, दुर्गास्तान, हतरङ्गा उदयदेब) समेटिएर बनेको मेलौली नगरपालिकामा स्थानिय सरकार आएपछि बैतडी को तल्लो स्वराड क्षेत्र ले कोल्टे फेरिरहेको स्थानियहरु बताउँछन ।
स्थानिय सरकार नहँुदा सडक संजाल जस्तो महत्वपूर्ण पुर्बाधारले समेत नछोएको मेलौली नगरपालिकामा स्थानिय सरकार आएपछि प्रत्येक गाउँ गाउँ टोल टोलमा सडक पुगेको छ । प्रत्येक बिद्यालय मा पर्याप्त पुर्बाधार छन, खानेपानी स्वास्थ्य सेवाका केहि योजना पुर्ण भएसकेका छन भने केही निर्माणाधिन अवस्थामा रहेका छन् । तल्लो स्वराड क्षेत्रका पन्चेस्वर गाउँपालिका, शिबनाथ गाउँपालीका सहितको केन्द्र मानिने मेलौली नगरपालिका स्थानिय सरकार आएपछि स्थानीय सुर्नया नदिबाट उत्पादित ५१ किलोवाटको विद्युत निकालिएर नगरपालिकाका ७०० घरधुरी लगायत सम्पुर्ण सरकारी कार्यालयमा विद्युत परिपुर्ती गरिएको छ ।
नगरपालिकाले आफ्नै आठ कोठे भवन बनाएर सेवा सुचारु गर्नुका साथै विद्युतको सब स्टेसन पनि निर्माण गर्ने कार्य सुरु गरेको छ जस्ले गर्दा अहिलेसम्म अन्धकारमा बसिरहेका तल्लो स्वराडका जनताले उज्यालोको अनुभूति लिन पाएका छन् । त्यस्तै नगर बहुुउदेशीय खेलकुद स्टेडियम निर्माण कार्य अगाडि बढेको छ । प्रत्येक वडामा स्वास्थ्य चौकी बनेका छन भने एउटा एम्बुलेन्स समेत सो क्षत्रमा सञ्चालनमा रहेको छ ।
तल्लो स्वराड क्षेत्रकै एक मात्र क्याम्पस मणिलेक बहुमुखी क्याम्पसलाई सुदुर पश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा स्थापना गर्ने कामले पनि पूर्णता पाई सकेको छ । मेलौली सुदुरपश्चिम क्षेत्रकै एउटा आकर्षक पर्यटकीय नगर भएता पनि भगौलिक रुपले अति नै दुर्गम रहेको छ । नगरपालिकाका नगरप्रमुख कृष्ण सिंह नायकले आफु सो क्षेत्रमा स्थानिय सरकारको रुपमा निर्वाचित भएर आइसकेपछी रातदिन नभनेर नमुना नगर बनाउने अभियानमा जुटेको बताएका छन् ।
अति दुर्गम मानिने सो नगरपालिकालाई सबै क्षेत्रमा अव्वल छ भन्ने बनाउनका लागि आफु लागि परेको बताउँदै नगर प्रमुख नायकले उक्त क्षेत्रलाई सुगम ठाउँको चिनाउने अभियानमा लागि परेको जनाएका छन् । मेलौली नगरपालिकाको ईतिहास र परम्परा अध्यायन गर्न चाहनेका लागि मेलौली भगवती मन्दिरमा धार्मिक तथा साँस्कृतिक पुस्तकालय राखेर अहिले पर्यटनको एउटा नमुना गन्तव्यको रुपमा स्थापना गर्ने तयारी रहेको उनले सुनाए ।
बिगतमा अभाबै अभावका बिच बामे सर्दै गरेको मेलौली नगरपालिकाले नगरप्रमुखको रुपमा नायक सरलाई पाए पछि स्थानियमा देखिएको खसुसी र सो क्षेत्रमा भएको विकास समग्र सबैका लागि उदाहरण्ीय कामका रुपमा लिन सकिने स्थानिय अशोक सिंह विष्ट बताउँछन् । स्थानिय सरकारले केही काम गर्न सक्दैनन् भन्नेका लागि राम्रो काम गरेर आफ्नो गाउँको मुहार फेरीएकोमा आफु हर्षित भएको विष्टले सुनाए ।