‘छ माया छपक्कै’ ले मनायो ५१औं दिन

काठमाडौं, मंसिर १३ । नेपाली सिने जगतमा कसको फिल्म अहिलेसम्म फ्लप भएको छैन प्रश्न आएमा एउटा समुह सहजै रुपमा सम्झन सकिने समुह हो दीपकराज गिरी र दीपाश्री निरौलाको समुह । यिनीहरुले सहकार्य गरेर बनाएको फिल्म अहिले सम्म बक्सअफिसमा राम्रै दाम र नाम पनि कमाएका छ ।

यिनीहरुको समुहलाई बक्सअफिसमा खास गरी असफल हुने अधिकार छैन भन्दा पनि फरक नपर्ला । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले …छ माया छपक्कैÚ चलचित्र निर्माता रोहित अधिकारीसँग सहकार्य गरेर निर्माण गरेका छन् । चलचित्रले सफलताको मानक मानिने प्रदर्शनको ५१औं दिने यात्रा पार गरीसकेको छ । निर्माण टिमले यस फिल्मले राजधानीका ६ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाइसकेको बताएका छन् ।

फिल्मले विएसआर मुभिज, सिडिसी सिनेमाज्, गोपीकुष्ण मुभिज, अष्टनारायण, गुण र गंगामा प्रदर्शनको ५१औं दिन मनाएको जानकारी पाइएको छ । चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्मले सोचेभन्दा पनि बढी नै सफलता पनि पायो । यस चलचित्र सफलहुनुमा यसको उपाधि निर्माण टिमले दर्शकलाई दिएको छ ।

यस दीपक–दीपाको समुहले निर्माण गरेका पछिल्ला सबै फिल्मले हलमा सफलतापूर्वक प्रदर्शनको ५१औं दिन नै मनाएका इतिहास छ । यस वर्षको सर्वाधिक ग्रसर फिल्म बनेको …छ माया छपक्कैÚ ले ५१औं दिनसम्म १४ करोडको आँकडा पार गरेको जानकारी पाइएता पनि यसको पुष्टि भने निर्माता र वितरक कम्पनीले गरेको छैन ।

विदेशमा चलचित्र …छ माया छपक्कैÚ को चर्को डिमाण्ड छ । निर्माताले प्रदर्शन अगाडी नै ओभरसिज राइट्सका कारणबाट आधाभन्दा बढी लगानी उठाइसकेका थिए । चलचित्र पानीको समस्या अनि त्यसमाथि हुने राजनीतिको विषयमा केनि्द्रत रहेर निर्माण भएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको अभिनय रहेको छ ।

एउटा भनाई छ नि …खाने भए पेटभरी खाउ, नत्र भोकै सुतÚ त्यस्तै दिपक दिपाको टिमले सहकार्य गरेको फिल्म यस्तै प्रवृति बनाउने चलन नै निकालेका छन् । उनीहरुले फिल्म अरुजस्तो फ्लोरमा हतारिएर निकाल्दैनन्, यदि फ्लोरमा गएपछि दर्शकको चाप निकै बढी नै हुन्छ र हरेक फिल्मले ५१ दिन मनाएकै नै हुन्छ । अनि भए न त पेटभरी खाना । यसरी दर्शकको माइण्ड वास् गर्नसक्ने नेपाली कलाकार र निर्माण नेपालमा पनि छन् ।

कति हेर्ने विदेशी सिनेमा नेपालीले बनाएको फिल्म यस्तै गरी बनाउन सक्यो भने नेपाली दर्शक आफ्नै हुन् मन पराइहाल्छन् नि । तर निर्माण टिमले पनि फिल्म हतारिएर लगानी फसाउनुभन्दा सोचविचार गरेर फिल्ममा हात हाल्नु नै राम्रो । नत्र हात्ती आयो हात्ती आयो फुस्स हुन बेर छैन ।