शल्यक्रिया पश्चात ओलीका स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेनि्डसाइटिसको शल्यकि्रया गरिएको घाउ निको हुँदै गएकाले स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकले उनको मिर्गाैलालगायत समग्र स्वास्थ्यसि्थति राम्रो रहेको जानकारी दिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको र शल्यकि्रया गरिएको घाउ पनि निको हुँदै गएको उनले स्पष्ट पारे ।स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङि्सर १० गते सोही केन्द्रमा एपेनि्डसाइटिसको शल्यकि्रया गरिएको थियो ।

विहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न प्रधानमन्त्रीले थालेका थिए । आवश्यक सबै कुरामा ध्यान दिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । श्रेष्ठले शल्यकि्रया गरिएको घाउमा सुधार भएमा यही हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिने समेत जानकारी गराए ।

उनले अरु बिरामीको तुलनामा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन केही समय लाग्ने पनि जिकिर गरे । उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको स्पष्ट गराए ।