प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै

काठमाडौं, मंसिर १६ । उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोे जनाइएको छ ।

महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिए अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार भएको जनाइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीको हिजो साँझ मृगौलाको डायलासिस् समेत गरिएको स्रोतले बताएको छ ।