धरान, १६ मंसिर । धरान उपमहानगरपालिका वडा नंबर ७ को नतिजा प्रति कांग्रेस आक्रोशित हुँदै पुनः मत गणना गर्न आग्रह गरेको छ ।
धरान उपमहानगरपालिकाको वडा नंबर ७ वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेरदवार जीवन सुवेदील ६२२ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कागे्रसका उम्मेरदवार सुबर्ण पोलिखेलाइ १ मतले हार बेहोर्नु पर्यो ।
अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेरदवार पोलिखेले ६२१ मत प्राप्त गरेका थिए । यद्यपि यो मत परिणामलाई नमान्दै नेपाली कांग्रेसले पुन मत गणना गर्नुु माग गरेको छ । कांग्रेसले मत गणनाका क्रममा धाँदली भएको भन्दै पुनः मत गणनाका लागि आग्रह गरेको हो ।
0
Shares