-मन्दिरा गिरी (वन)
अरु भन्दा छिटो उठी सक्थिन् घरको धन्दा
मेरी आमा साह्रै फुर्ति लाग्छ अरु भन्दा
घरको काम सिध्याएर जानि्थन् रे ! मेला पातमा
बासीे रोटी चपाउँदै बोकी हिड्थिन् रे ! हातमा
ऊ बेलाको पुरुष शासन थियो अरे चर्को
महिलामा थिएन रे अधिकार के मान्ने झर्को ?
पुरुषभन्दा के कम महिला ? तर हैकम पुरुषकै
उठेदेखि दुई हात चलाउने जागीर थियो रे ! आमाको
भुतकालमा तिम्रो आशु पुछ्न सकिन होला
डाको छोडी एकान्तमा कति रोयौ होला
तिम्रो अश्रु सिरानीमा कति होलान् आमा
चिन्ता नगर तिम्रो पनि सन्तान् छन् है आमा
मेरी आमाको जीवन जीउन के सामथ्र्य र ममा
जननी नै तिमी हौ, सर्मपर्ण यो आत्मा
ऋण चुकाउन सकि्दन म, सक्षम पनि छैन
यो जगतमा को होला र ? ऋण तिर्ने सन्तान
एकदिनको घटनाले बाल्यकाल लुट्यो आमा
कहालिलाग्दो समयले मलाई पनि पछार्यो आमा
अगि्नदेवको स्पर्शले बदलियो मेरो जीवनको पाटो
जे छ आमा, चित्त बुझ्छ, बुझाउनेछन् तिम्रो साटो
समयको खेल कस्तो कस्तो आए पनि
आँखा खोल्दा, होस आउँदा तिमीलाई नपाए पनि
ठुली हुँदा आमा भनि तान्न थाले तिम्रा सारी
धर्ति रैछौ तिमी आमा सहनशील नारी
न्यानो काख खोसिए केही क्षणको लागि
काललाई समेत जितेँ आमा केबल तिम्रो लागि
मेरो लागि तिम्रा आँखा कति रुझे होलान्
चार वसन्त पार हुँदा निन्द्रा कति खोसिए होलान्
पीरै पीरमा लटपटिएकी मेरी आमाको व्यथामा
नुन चुक छर्कि भन्थे अरे किन रुन्छेस् व्यर्थैमा
भन्न थाले आफन्तले एक छोरी मरे पनि
तीन छोरी ज्यूँदैछन्, के भयो र मरे पनि
हेर कान्छी ! नगर उपचार केही धड्कन मात्र छ
केही बेर पर्खे पछि सास गइहाल्ने छ
भन्छेस भने बरु ल्याउँ काटी हरियो बास
अनि लगि गाडी दिउँला घर छेउमा लास
यस्ता वचन मेरी आमाले सुने पछि कानले
सबका सामु हातमा थुकी लजि्जत पारीन् वचनले
तेरो औंला थुकैसरी जुठो पारे थुकले
तेरो औंला काट ला ! यो धारिलो खुकुरीले
लजि्जत भई कुलेलाम ठोक्यो आमाको डरले
अस्पताल पुर्याइन नाम्लो र डोको भरले
त्यहाँ पनि भन्न थाल्यो, हुन्न केही पार
हेली बोलाउ, सहर लैजाउ गर उपचार
मेरी आमाको त्यो साहसी एक कदमले
आज संसार हेर्न पाछु, यी दुई आखाँले
यमराजले झण्डै मलाई लगी हालेको
मेरी आमाको ममताले मलाई बचाएको
मेरी आमाको ममताले मलाई बचाएको ।।