भ्रष्टाचारीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने : ओली

चितवन, भदौ १८ । भ्रष्टाचारीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवनको आयोजनामा गरेको पत्रकार सम्मेलन कार्यक्रमा बोल्दै उनले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाए ।

सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै उनले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’ समय क्रममा त्यसलाई सच्याइने बताएका छन् ।