एथ्लेटिक्समा नेपाललाई पहिलो पदक प्राप्त

काठमाडौं, मंसिर १७ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जितेका हुन् ।

कार्कीले निर्धारित दुरी तीन मिनेट ५९.२० सेकेण्डमा पार गरेका थिए । उनी यस पदकसँगै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडीको रुपमा इतिहास राख्न कायम भएका छन् । सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो । भारतका अजयकुमार सरोले तीन मिनेट ५४.८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते ।

त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले तीन मिनेट ५७.१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे । यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पा¥योे । नेपालकी सरस्वती भट्ट पाँचांै र सानुमाया कार्की सातांै भएका छन् ।