ललितपुर महानगरमा महिलाहरुका लागि ३ दिने प्रतिवेदन लेखन तालिम

ललितपुर,२० मंसिर, ललितपुर महानगरपलिकाकाे अायाेजनामा ३ दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिमकाे सुरु भएको छ । ‘जहाँ महिला, त्यहाँ विकासकाे पाइला’ भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको कार्यक्रमकाे उद्घाटन सामाजिक विकास समितिका संयाेजक एवं ललितपुर महानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष दिनेश कार्कीले गरेका हुन् । तालिम अाइतवारसम्म सञ्चालन हुनेछ ।

 

महिलाहरुकाे क्षमता अभिवृद्धि गरी सक्षम र अात्मनिर्भर वनाउने अभिप्रायका साथ महानगरपालिकाकाे समाजकल्याण महाशाखा उक्त कार्यक्रम अायाेजना गरेकाे महाशाखा प्रमुख बाबुराजा महर्जनले जानकारी दिए ।

तालिममा महानगरभित्रका १५ वडा महिला समूहबाट दुई जनाका दरले ३० जना सहभागी रहेको प्रशिक्षक निरिजना भट्टले जानकारी दिइन् ।