सञ्चालनमा आयो भरतपुर विमानस्थल

भरतपुर, मंसिर २५ । मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल बन्द गरेको थियो ।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार धावन मार्ग मर्मत र रङरोगनको काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको हो । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ ।

धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको गौतमको भनाई छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच÷पाँच वटा जहाजले काठमाडौँ र एक÷एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।