तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा २३ स्वर्णसहित १०३ पदक प्राप्त

काठमाडौं, मंसिर २५ । नेपाली सेनाको ति्रभुवन आर्मी क्लबले तेह्रौँ दकि्षण एशियाली खेलकुद (साग)मा २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । महासेनानी शशिकिरण रायमाझीले प्रतियोगितामा व्यकि्तगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई उक्त सफलता मिलेको जानकारी गराए । नेपाली सेनाका खेलाडीले प्रतियोगितामा ३१ रजत र ४९ कास्य पदक प्राप्त गरेका छन् ।

नेपाली सेनाको प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको ति्रभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको …राषि्ट्रय च्यामि्पयनÚ विभागीय टोली रहेकोे छ । गौरिका सिंहले आर्मी क्लबमा आबद्ध पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको परिचय स्थापित गरीन् । तेक्वान्दो विधामा सेनाको विभागीय टोलीमा रहेर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा आयशा शाक्य, सञ्जीव ओझा, सीना मादेन लिम्बु, निता गुरुङ, प्रशंसा क्षेत्री, काजल श्रेष्ठ, सक्षम कार्की र भूपेन श्रेष्ठ रहेका छन् । यसैगरी कराँतेमा सङ्गीता मगर, प्रवीण मानन्धर र कुसुम खड्का तथा उसुमा विजय सिँजाली, सुसि्मता तामाङ र निमा घर्तीमगरले स्वर्ण पदक प्राप्त गरे । गल्फमा सुवास तामाङ, बकि्सङमा मीनु गुरुङ, जुडोमा पुनम श्रेष्ठ, दुवाथोलनमा हिमाल टमाटा तथा फुटबलमा सुमन अर्याल, विकेश कुथु, विकास खवास र सेसेहाङक आङदम्बेले स्वर्ण पदक हासिल गरे ।

गत काति्तक १ देखि १० गतेसम्म चीनको उहानमा आयोजित सातौँ विश्व सैनिक खेलकूद (सिज्मस्) मा भाग लिएका अनुभवी खेलाडीलाई सागमा सहभागी गराइएकाले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको महासेनानी रायमाझीले समेत जिकिर गरे । उनले खेलाडी छनोटमा विशेष ध्यान पु¥याउनुपर्ने, प्रतियोगिता जित्न खेल सामग्री, खेलाडीमा खेल्छु भन्ने भावना, खेलाडीको शारीरिक तन्दुरुस्ती तथा क्षमताले प्रभाव पार्ने, विभागबाट प्रदान गरिँदै आएको निरन्तर तालिमले पनि पदक जित्न मद्दत पुर्याउने बताए ।