आज बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं, मंसिर २७ । आजका लागि तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित भएको छ ।

यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची लगायतका विषयमा केन्द्रित रहेर छलफल गर्न आजका लागि सचिवालय बैठक तोकिएको थियो ।

सचिवालयको बैठक शनिबार दिउँसो बस्ने नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका जनाएका छन् । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।