काठमाडौं, मंसिर २७ । सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका गर्नका लागि छुट्याएको रकम खर्च हुन हुन सकेको छैन । नयाँ नयाँ सडक निर्मा गर्ने कार्यलाई प्राथमिकता दिँदा बिभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक मर्मतमा कार्यले पूर्णता पाउन सकिरहेको छैन् ।
सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले केही वर्षदेखि बर्सेनि ८० देखि ८५ प्रतिशतसम्म मात्रै बजेट खर्च हुने गरेको जानकारी गराएका छन् । उनले एकातिर सडक बोर्डले अझै पनि नेपाल सरकारबाट पाउनुपर्ने जति रकम नपाइरहेको बताउँदै भएको बजेट पनि खर्च हुन नसकेको स्पष्ट पारेका छन् ।
सडक डिभिजनलाई सडक विभागले नयाँ निर्माणमा लगाइरहेको उनले सुनाए । नयाँ निर्माणको काम परियोजनामार्फत गरेर पनि डिभिजन कार्यालयलाई मर्मतको काममा लगाउनुपर्नेमा जोड दिँदै उनले भने, सडक बोर्डले सडक उपभोग दस्तुर पेट्रोलियम पदार्थबाट सडक मर्मतका लागि बजेट व्यवस्थापन गर्दै आएको छ । सङ्कलन भएको बजेट देशभरका डिभिजन सडक कार्यालयबाट खर्च भइरहेको उनको भनाई छ ।
गत आवमा रु २५ अर्ब रकम सङ्कलन भएकामा सडक मर्मत, सुधारका लागि रु आठ करोड छुट्याइएको छ । बोर्डले अहिलेसम्म सात स्थानमा सडक दस्तुर सङ्कलन गर्दै आएकामा छिट्टै थप सात स्थानमा दस्तुर सङ्कलनको योजना बनाएको जानकारी गराइएको छ ।