भक्तपुर, मंसिर २९ । मध्यपुरथिमि नगरपालिकाले तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठ नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मानित भएका छन् । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी भएकाले सोही नगरपालिकाले उनलाई भव्य रुपमा सम्मान गरेको हो ।
भव्य नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तर्राष्ट्रिय जगतमा उचाइमा पु¥याएकोले उनलाई सम्मान गरिएको जानकारी गराएका छन् । उक्त कार्यक्रमका अवसरमा सम्माति मन्देकाजी श्रेष्ठले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरेका थिए ।
सो कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मन्देकाजीका प्रशिक्षकद्वय गङ्गाराम महर्जन, सजन श्रेष्ठ, मन्देकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्देकाजीले खेल जगतमा पु¥याएको योगदानको चर्चा गर्दै उनको योगदानको सम्मान गरेको जनाएका थिए । उनलाई उक्त कार्यक्रममा नै स्थानीय बालप्रेमी माध्यामिक विद्यालयले सम्मान प्रदान गरेको थियो ।