ललितपुर, मंसिर ३० । बागमती कार्यपालिकाको कार्यालय भवन शिलान्यास भएको छ । बागमती गाउँपालिका -३, भट्टेडाँडाको छपेलीमा पालिकाको भवन शिलान्यास गरिएको हो । प्रदेश नम्बर ३ का आन्तरिक मामिलामा तथा कानून मन्त्री माननीय श्री शालिकराम जमकट्टेल प्रमुख आथित्यतामा आइतबार भवन शिलान्यास गरिएको हो ।
उक्त कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, ललितपुर क्षेत्र नं १ (ख) प्रदेश माननीय चेतनाथ संजेल, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदन बहादुर अमात्य, बागमती गाउँपालिकाका उपाध्यक्ष श्री रन्जना घिमिरे तिमल्सिना, सातै वडाका वडाध्यक्ष, गाउँपालिका अध्यक्ष प्रत्यासी राजु आले मगर, महानगरीय प्रहरी वृत चापागाउँका प्र. ना. उ. कृष्ण राज ओझा भवन कन्ट्रयाक्टरको तर्फबाट पदम तिमल्सिना लगायतको उपस्थितिमा भवन शिलान्यास गरिएको छ ।
डिजाइनर/ कन्सल्टेन्ट :True Built Engineering Consultant रहेको छ । उक्त भवन निर्माणकालागि दश करोड ९१ लाख १५ हजार ९९५.५६७ (मु.अ.क. सहित) लाग्ने अनुमान गरिएको छ । भवन निर्माण कविन्द्र-पि एम/जेभीले गर्ने भएको छ । कविन्द्र-पि एम/जेभीसङ्ग रकम : रु ८,८७,३७,७६६.२२ (मु.अ.क. सहित) सम्झौता गरिएको छ ।
सम्झौताको मिति २०७६/०८/१३ शुरु भइ कार्यादेश मिति : २०७६/०८/१६ लागू हुने जनाइएको छ । सम्झौता सम्पन्न हुने मिति : २०७८/०२/१३ रहेको छ । सो अवधिसम्म उक्त भवन सम्पन्न गरिसक्ने जेभी कम्पनीले जनाएको छ ।
भवन शिलान्यास कार्यक्रमको सभापतीत्व गाउँपालिका अध्यक्ष श्री विर बहादुर लोप्चनले गरेका थिए । कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत श्री युवराज आचार्यले गरेका थिए । भवन शिलन्यास कार्यक्रममा सातै वडाका वडा पदाधिकारीहरु,नेपाली कांग्रेस र ने.क.पा. का जिल्ला/क्षेत्र/गाउँपालिका कमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । का
विभिन्न शाखाका प्रमुख र कर्मचारीहरु, पत्रकार, सुरक्षा निकायका प्रमुख, नागरिकहरु लगायत दुई सयभन्दा बढी मानिसको सो कार्यक्रममा सहभागिता रहेको थियो । साथै गाउँपालिकाका अध्यक्षले प्रदेश नं ३ का कानुनमन्त्री शालिकराम जमकट्टेल, पूर्वमन्त्री उदयशम्शेर राणा, चेतनाथ संजेल, मदन बहादुर अमात्यलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरेका थिए ।