चलचित्र ‘ए मेरो हजुर २’ को शुरुवाती व्यापार आक्रामक

भदौ १९ । शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले शुरुवाती चरणमै दर्शकको राम्रो साथ पाएको छ ।

देशभरीका ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रले अधिकांश हल करिब करिब भरिएका छन् । शनिबारबाट प्रदर्शनमा आएको ‘ए मेरो हजुर २’ चलचित्रले आइतबार पनि दर्शकको राम्रो साथ पायो । ‘प्रेम गीत २’, ‘म यस्तो गीत गाउँछु,’ जस्ता प्रेमकथामा आधारित चलचित्र सफल बनेपछ नेपाली चलचित्र जगतमा भित्रिएको ‘ए मेरो हजुर २’ ले शुरुवाती प्रदर्शनमा राम्रै वाहवाह पाएको छ ।

यो चलचित्रको अहिले राजधानीका हलहरुमा जस्तै राजधानी बाहिरका अन्य हलहरुमा पनि आक्रामक व्यापार भइरहेको छ । यस चलचित्रले दुई दिनमा करिब करिब रु दुई करोडको व्यापार गर्न सफल भयो । युवा रोमान्सलाई कथामा उनेर १० वर्षपछि सिक्वेलमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर’की नायिका झरना थापाको डेब्यू निर्देशन रहेको उक्त चलचित्रले सार्थक बालप्रेमलाई मुख्य विषय बनाएको छ ।

सच्चा प्रेम जुनसुकै अवरोधले पनि रोक्न सक्दैन भन्ने कुरा गौरवसँगै बिहे हुनै लाग्दा पनि मायाँ र प्रेमको मिलनले उजिल्याएको छ । विभिन्न सामाजिक विसंगतिलाई समेत नंग्याउने प्रयासले चलचित्र जीवन्त बन्न पुगेको छ ।

कथाले समलिङ्गीप्रतिको सामाजिक नकारात्मक दृष्टिकोणलाई तिखो प्रहार गरेको छ । देशको वेशभूषा र संस्कृतिको संवद्र्धनमा उक्त चलचित्र एक कदम अगाडि छ । चलचित्रमा आएका सबै गीत पनि उत्कृष्ट छन् ।