प्रदेश नं ५ को राजधानी र नामकरण सर्वसम्मत टुङ्गो लगाइने

बुटवल पुस, २ । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानी र नामकरणको विषय राजनीतिक विषय भएको बताएका छन् ।

बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सर्वसम्मत बनाउने प्रयास भइरहेको जानकारी गराएका छन् ।

मन्त्री चौधरीले प्रदेश नं ५ को राजधानी बुटवल हुने वा दाङ भन्ने प्रमुख कुरा रहेको बताउँदै बुटवललाई आधार मानेर राजधानी घोषणा हुन सक्ने संकेत गरेका छन् ।

प्रदेशसभाका सदस्य सहसराम यादवले विशेष समितिले प्रदेशको राजधानी र नामकरणको विषयमा सिफारिस गरेको र अन्तिम टुङ्गो प्रदेशसभाले लगाउने अधिकार प्राप्त गरेको जनाएका छन् ।