काठमाडौं, पुष ३ । नेपली फिल्म नगरी एउटा यस्तो पाटो हो कोही पनि त्यहाँ जान एकदम उत्सुक हुन्छन् र सबै खुशी नै भएर फर्कन्छन् भन्ने चाँकी कुनै ग्यारेन्टी छैन । सिने जगतमा यस्ता धेरै फिल्मका उदाहरण छन् जुन फिल्ममा कलाकारको आवत जावत बढ्दो छ । गए हप्तादेखि दार्जि्लिङमा छायांकन भैरहेको फिल्म ‘चालबाज’ मा पनि कलाकार भित्रने र बाहिरिने क्रम बढ्दो छ ।
चलचित्रका वन अभिनेता अविनाश प्रधानले पनि पारिवारिक कारण देखाई केही दिन अगाडि फिल्मबाट हात झिकेका छन् । निर्माण टिमले उनको स्थानमा अभिनेता पुष्प खड्कालाई अनुबन्ध र्गयो । अविनाशपश्चात अभिनेत्री केकी अधिकारीले पनि फिल्मबाट हात झिकेकी हुन् । उनले हातमा परेको फिल्म हत्तपत्त उम्काउँदिनन् तर छायांकनरत फिल्म ‘झिँगेदाउ’ का कारण देखाउँदै ‘चालबाज’ छाडीन । यसबीच, निर्माण टिमले केकीको ठाउँमा अभिनेत्री वर्षा सिवाकोटीलाई अनुबन्ध गरेको छ ।
चलचित्र ‘चालबाज’ मा अभिनेत्री वर्षा स्वयंले आफू भित्रिएको खबर बताइन् । उनले भनिन् केकी (अधिकारी) दिदीले फिल्म ‘झिँगेदाउ’ को छायांकन नसकिएका कारण ‘चालबाज’ गर्न नसकेको कारण उहाँको स्थानमा मैलै म भित्रिएकी हुँ ।’ आफ्नो भूमिका राम्रो लागेका कारण फिल्म गर्न तयार भएको उनले बताइन् । फिल्मको छायांकनका लागि उनी यही बिहीबार दार्जि्लिङ प्रस्थान गर्दै्छिन् ।
फिल्ममा अरुण तामाङको लगानी र कैलाश राइको निर्देशन रहेको छ भने सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत रहेको छ । फिल्ममा बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको पनि अभिनय रहनेछ । अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको फिल्ममा रोमान्स गर्दैछन् । फिल्ममा उनीहरुको केमेस्ट्री कस्तो हुन्छ त्यो भने रिलिज पछि नै थाहा हुने छ ।